• २०८३ भदौ १९ शुक्रबार

माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु, १९ जना घाइते

माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु, १९ जना घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित सडकमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

आज बिहान करिब ३: ३० बजे भे १ ज १६३४ नम्बरको माइक्रोबसको ब्रेक फेल भएपछि सडकमा रोकिराखेको बा प्र ०१–००६ ख ३८४१ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएको थियो । दुर्घटनामा चालकसहित माइक्रोबसमा सवार २० जना घाइते भएका थिए ।

घाइते सबैलाई उपचारका लागि बर्दघाट नगर अस्पताल चिसापानी लगिएको थियो । सामान्य उपचारपछि केही घाइतेलाई थप उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ ।

घाइतेमध्ये सल्यानका करिब २७ वर्षीय गणेश बुढालाई जिल्ला अस्पताल परासी लगिएको थियो । चिकित्सकले बिहान ४ः२४ बजे जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए ।

घाइतेमध्ये दाङका ३३ वर्षीय निशान्त विक, दैलेखका २३ वर्षीय निराजन खवास, नवलपरासीकी ३४ वर्षीया मिना आले, मुगुका ३१ वर्षीय जलनाथ योगी, कैलालीका २१ वर्षीय मनोज बोहरा र सल्यानका १९ वर्षीय मनिष विकलाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही पठाइएको छ ।

त्यस्तै, बर्दियाका ३५ वर्षीय दिलीप पाण्डे, मुगुका २९ वर्षीय अंक दमाई र ३२ वर्षीय दिनेश साउदको अवस्था सामान्य रहेको र उनीहरूको चिसापानीस्थित नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै