• २०८३ भदौ २० शनिबार

देशमा अन्योल र अनिश्चयको भुमरीको अवस्था छ- प्रचण्ड

देशमा अन्योल र अनिश्चयको भुमरीको अवस्था छ- प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा अन्योल र अनिश्चयको भुमरी जस्तो अवस्था रहेको टिप्पणी गरेका छन् ।

शनिबार चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले आज देशमा सबैतिर कताकता अन्योलको, अनिश्चयको भुमरीजस्तो अवस्था देखिएको बताएका हुन् ।

प्रचण्डले सरकारले कर्मचारीतन्त्रलाई त्रसित र आतंकित बनाएर काम गराउदा प्रभावकारी नतिजा नआएको बताएका छन् । उनले राजनीति, कर्मचारीतन्त्रदेखि राज्यका सबै निकाय अलि बढी अन्योलमा रहेको बताए ।

प्रचण्डले देश अहिले महाविपदको अवस्थामा रहेको भन्दै उद्धार कार्यलाई प्रभावकारी भएको भए अझै धेरै जनाको ज्यान जोगिने अवस्था देखिएको बताएका छन् ।

उनले भने- ‘हामी सबैका लागि एउटा विचित्रको परिस्थिति छ । हिजो मात्रै १० दिनपछि टनेलमा रहेका दुई जना नेपालीको सकुशल उद्धार हुनु हामी सबैको निम्ति एकातिर सन्तोषको विषय भएको छ । अर्कोतिर समयमै उद्धार भएको भए अझ धेरैको ज्यान बच्ने रहेछ भन्ने पनि यसले प्रदर्शित गरेको छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै