काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, लुम्बिनी, कर्णाली र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ११३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २३ जना घाइते भएका छन् भने कोशीमा ३८ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा १० जना, बागमतीमा ३ जना घाइते भएका छन् भने लुम्बिनीमा १८ जना, कर्णालीमा ५ जना र गण्डकीमा १ जना घाइते भएका छन् ।









