• २०८१ बैशाख १५ शनिबार

सामाजिक सञ्जालबाटै राजनीतिक संघसंस्थातिर निशाना लगाउँदै ह्याकरहरु 

kharibot

काठमाडौं । चर्चित सामाजिक सञ्जाल कम्पनी ट्विटर र फेसबुकले रुस र इरानसँग सम्बन्धित झूटो प्रचारवादी र अनधिकृत एकाउन्टहरु हटाएका छन् । करिब ६ सय ५० भन्दा धेरै फेसबुक पेज र ग्रुपहरुले गलत मनसाय राखी सञ्चालित रहेकोले हटाउनुपरेको प्रमुख कार्यकारी मार्क जुकरबर्गले जानकारी दिएका छन् । 

यस्तै ट्विटरले पनि २ सय ८४ वटा इरानसँग सम्बन्धित शंकास्पद एकाउन्ट हटाएको बताएको छ । माइक्रोसफ्ट कम्पनीले अमेरिकी कन्जर्भेटिभ समूहहरुको विरुद्धमा रसियाली साइबर आक्रमण गर्न खोजेको समाचार सार्वजनिक भएको भोलिपल्ट दुई कम्पनीको यस्तो विवरण आएको हो । 

मंगलबार मात्रै फेसबुकले धेरै नै शंकास्पद व्यवहार गर्ने रुसी र इरानी एकाउन्टहरु पत्ता लगाएको थियो । त्यस्ता एकाउन्टहरु बेलायत, अमेरिका, ल्याटिन अमेरिका र मध्यपूर्वलाई टार्गेट गरेको बताइएको छ । 
साइबर सुरक्षा कम्पनी फायरआईको सहयोगमा उक्त एकाउन्टहरु फेला परेका थिए । जसले इरानी प्रोपागान्डाको प्रोमोट गरेको बताइएको छ । 

कतिपय पेजहरु त २०११ देखि नै सक्रिय रहेको पाइएको छ । जसमा अरेबिक र फारसीमा मध्यपूर्वको राजनीतिक विषयवस्तु समावेश गरिएको छ । त्यस्तै कतिपयमा भने बेलायत र अमेरिकाको राजनीतिबारे पनि विषयवस्तु रहेको फेसबुकले जनाएको छ । 

गत सोमबार मात्रै माइक्रोसफ्टले अमेरिकी राजनीतिक संघ संगठनविरुद्ध साइबर आक्रमण हुनलागेको चाल पाएको थियो । उसका अनुसार फ्यान्सी बियर भन्ने ह्याकिंग ग्रुपहरुले आक्रमणको प्रयास गरेका थिए । हिलारी क्लिन्टन र डेमोक्रेटिक पार्टीले प्रयोग गरेका कम्प्युटर ह्याक भएको भन्दै अनुसन्धान अधिकारीले १२ रसियालीविरुद्ध मुद्दा दर्ता गरेपछि माइक्रोसफ्टले उक्त जानकारी दिएको हो । 

  • बीबीसीबाट अनुदित । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय