• २०८३ भदौ २२ सोमबार

एनभीएलमा खप्तड फाल्कन्समाथि कर्णाली शिवराज सोझो सेटमा विजयी

एनभीएलमा खप्तड फाल्कन्समाथि कर्णाली शिवराज सोझो सेटमा विजयी

काठमाडौँ । जारी नेपाल भलिबल लिग (एनभीएल) मा खेल कर्णाली शिवराजले खप्तड फाल्कन्सलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दोस्रो खेलमा कर्णालीले खप्तडलाई तीन सेटको सोझो सेटमा पराजित गरेको हो ।  

कर्णालीले खप्तडलाई २५-१९, २५-१९ र २५-१९ को सेटले पराजित गरेको छ । यसअघि आजै सम्पन्न पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्सले काठमाडौँ रेड्सलाई तीन सेटको सोझो सेटमा पराजित गरेको थियो ।

एनभीएलमा मधेश वारियर्स र अन्नपूर्ण स्पाइकर्सबीच दिउँसो ४ बजे तथा सगरमाथा स्मासर्ससँग र कर्णाली शिवराजबीच साँझ ७ बजे खेल हुने तालिका छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै