• २०८३ भदौ २२ सोमबार

भोटेकोशी बाढीपछि हालसम्म १३५५ जनाको शव फेला

भोटेकोशी बाढीपछि हालसम्म १३५५ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३५५ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १३५५ जनाको शव फेला परेको हो । जसमा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको छ ।

अहिलेसम्म ९८ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ४ हजार ९९६ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा रसुवाका १९६७, नुवाकोटका २३४० र विदेशी नागरिक ५८९ रहेको विवरणमा उल्लेख छ । त्यस्तै करिब १०० जना सुरक्षाकर्मी र कर्मचारी अझै सम्पर्कविहिन रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै