• २०८३ भदौ २३ मंगलबार

अस्ट्रेलियाली विदेशमन्त्री वाङबाट नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर

अस्ट्रेलियाली विदेशमन्त्री वाङबाट नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर

काठमाडौँ । अस्ट्रेलियाका विदेशमन्त्री पेनी वाङले क्यानबेरास्थित नेपाली दूतावासमा पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन् ।

नेपालमा आएको विपत्तिप्रति दुःख व्यक्त गर्दै विदेशमन्त्री वाङले अस्ट्रेलिया नेपाली जनताको साथमा रहेको बताएकी छन् ।

उनले शोक पुस्तिकामा लेखेकी छन्- 'अस्ट्रेलिया नेपालका जनताको साथमा छ । आज मैले क्यानबेरास्थित नेपाली दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरेकी छु ।'

उनले विपत्तिबाट प्रभावित अस्ट्रेलियाली नागरिकलाई सहयोग गर्न नेपालले गरेको प्रयासप्रति आभार व्यक्त गर्दै नेपाली जनता र नेपाल सरकारप्रति आफ्नो विचार र सहानुभूति रहेको बताएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै