• २०८३ भदौ २५ बिहीबार

‘एलिफेन्ट इन द फग’ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयन

‘एलिफेन्ट इन द फग’ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयन

काठमाडौँ । अविनाश विक्रम शाह निर्देशित नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयनमा परेको छ ।

चलचित्र उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनय विधामा मनोनीत भएको एसिया प्यासिफिक स्क्रिन एकेडेमीले जनाएको छ। यस वर्ष ३२ देश तथा क्षेत्रका ३६ चलचित्र विभिन्न विधामा मनोनयनमा परेका छन् ।

जर्मनी, ब्राजिल, फ्रान्स, नर्वे र नेपालको सहकार्यमा बनेको चलचित्र जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथामा आधारित छ ।

चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मालगायत कलाकारले अभिनय गरेका छन्। अवार्ड समारोह अक्टोबर ३० मा अस्ट्रेलियामा हुने भएको छ। ‘एलिफेन्ट इन द फग’ नेपालमा गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै