• २०८३ भदौ २६ शुक्रबार

असोज ९ बाट प्रदर्शनमा आउँदै चलचित्र 'बाः एक योद्धा'

असोज ९ बाट प्रदर्शनमा आउँदै चलचित्र 'बाः एक योद्धा'

काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’को प्रदर्शन मिति परिवर्तन भएको छ । भोटेकोशी बाढीका कारण पूर्वनिर्धारित समयमा प्रदर्शनमा आउन नसकेको यो चलचित्र अब असोज ९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि निर्माण टिमले बाढी पीडितलाई दुई लाख रुपैयाँ सहयोग गर्दै यो चलचित्र मंसीर २४ गतेलाई प्रदर्शन गरिने भएको थियो । अब निर्माण टिमले सल्लाह गरेर नै नयाँ प्रदर्शन मिति घोषणा गरिएको बताएको छ ।

नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा रहेको छ । हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’मा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् । शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै