• २०८३ भदौ २६ शुक्रबार

रिमालडाँडाको पानी विदुर ट्याङ्कीमा पुगेपछि खानेपानी सेवा सुचारु

रिमालडाँडाको पानी विदुर ट्याङ्कीमा पुगेपछि खानेपानी सेवा सुचारु

नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पाइपलाइनमा क्षति पुर्‍याएपछि अवरुद्ध भएको विदुर क्षेत्रको खानेपानी सेवा सुचारु गर्ने प्रयासअन्तर्गत रिमालडाँडा मुहानको पानी विदुरको ट्याङ्कीमा ल्याइएको छ ।

विदुर नगरपालिका–२ र ४ का बासिन्दाको खानेपानी समस्या समाधान गर्न नगरपालिकाको समन्वयमा आवश्यक पाइप उपलब्ध गराइएको थियो । सशस्त्र प्रहरी बलको श्रम सहयोगमा रिमालडाँडा हुँदै धोबीखोलाबाट विदुर ट्याङ्कीमा पानी ल्याउन सफल भएको नगरपालिकाले जनाएको छ ।

बाढीका कारण खानेपानी सेवा प्रभावित भएपछि नगरपालिकाले विभिन्न बस्तीमा सेवा पुनःस्थापित गर्न आवश्यक लगानी, समन्वय र सहजीकरण गर्दै आएको छ । रिमालडाँडाको पानी ट्याङ्कीमा पुगेपछि विदुरका बासिन्दालाई खानेपानीको समस्या केही सहज हुने अपेक्षा गरिएको छ ।

बाँकी क्षेत्रमा पनि खानेपानीलगायत बाढीबाट उत्पन्न अन्य समस्या समाधानका लागि नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी तथा विभिन्न वडाका अध्यक्ष सक्रिय रूपमा लागिरहेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै