• २०८३ भदौ २७ शनिबार

कर्णालीलाई हराउदै अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभीएलको उपाधि

कर्णालीलाई हराउदै अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभीएलको उपाधि

काठमाडौं । अन्नपूर्ण स्पाइकर्स किंगले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को  कभर्ड हलमा सम्पन्न फाइनल खेलमा अन्नपूर्णले कर्णाली शिवराजलाई  तीन सेटको सोझो सेटमा पराजित गरेको हो । अन्नपूर्णले कर्णालीलाई पहिलो सेट २५-१५ ले जितेको थियो भने दोस्रो सेट २५-२० ले जितेको थियो । त्यस्तै तेस्रो सेटमा २५-१८ ले जितेको हो ।

केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको थियो । नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै