• २०८३ भदौ २७ शनिबार

दुई करोडमा बनेको 'हनुमान अंश' को बक्स अफिसमा दुई सय करोड कमाई !

दुई करोडमा बनेको 'हनुमान अंश' को बक्स अफिसमा दुई सय करोड कमाई !

काठमाडौँ । भारतीय चलचित्र ‘हनुमान अंश’ ले प्रदर्शनको ३६औँ दिन १० करोड ५० लाख भारतीय रुपैयाँको खुद कमाइ गर्दै बक्स अफिसमा उल्लेख्य सफलता हात पारेको छ ।

चलचित्रले भारतमा हालसम्म १७३ करोड ६३ लाख भारतीय रुपैयाँ खुद तथा २०५ करोड १५ लाख भारतीय रुपैयाँ कुल कमाइ गरेको छ । केवल २ करोड भारतीय रुपैयाँको बजेटमा बनेको चलचित्रले आफ्नो लागतभन्दा सय गुणाभन्दा बढी कमाइ गरेको बताइएको छ ।

चलचित्रले शुक्रबारको कमाइमा ‘मिर्जापुर द मुभी’ र ‘हैवान’लाई समेत पछि पारेको छ । ‘मिर्जापुर द मुभी’ले आठौँ दिन ९ करोड ५० लाख तथा ‘हैवान’ले पहिलो दिन ३ करोड भारतीय रुपैयाँ खुद कमाइ गरेका थिए ।

‘हनुमान अंश’ले सुरुवातमा भने निकै कमजोर व्यापार गरेको थियो । ७ अगस्ट २०२६ मा प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन केवल १० लाख भारतीय रुपैयाँ कमाएको थियो । सुरुमा देशभर २५ पर्दामा मात्र प्रदर्शन भएको चलचित्र दर्शकको सकारात्मक प्रतिक्रियापछि क्रमशः लोकप्रिय बनेको थियो ।

चलचित्रका निर्देशक विशाल चतुर्वेदी हुन् । उनले यसअघि सन् २०१३ मा ‘वर्निङ’ निर्देशन गरेका थिए । चलचित्रमा शोभिनव सत्य, चन्दन आनन्दलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको चर्चित गीत ‘मैने तेरे ही भरोसे हनुमान’ दृष्टिविहीन गायक सुनील लोढीले गाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै