• २०८३ भदौ २८ आइतबार

भोटेकोशी बाढी अपडेट: १ हजार ३८८ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट: १ हजार ३८८ जनाको शव फेला

काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण अहिलेसम्म १ हजार ३८८ जनाको शव फेला परेको छ । 

जसमध्ये रसुवामा १८५ जना, नुवाकोटमा १९९ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३० जना र नवलपरासी पश्‍चिममा २२२ जना र काठमाडौँमा उपचारको क्रममा २ जनाको मृत्यु भएको गरी १ हजार ३८८ जनाको शव फेला परेको हो ।  

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी कुल ३ हजार १३२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३५४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । 

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ७१२ जना व्यक्तिहरूलाई राखिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै