• २०८३ भदौ २९ सोमबार

नेपाललाई दैनिक १८ घण्टा विद्युत दिन भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टा विद्युत दिन भारतको स्वीकृति

काठमाडौँ । भारतको पावर मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ ।

भारतको पावर मन्त्रालयका अनुसार सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म नेपाल विद्युत् प्राधिकरणलाई मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत ६०० मेगावाटसम्म र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनमार्फत ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ ।

बाढीका कारण नेपालको जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि आन्तरिक विद्युत् उत्पादन घटेकाले भारतले थप विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो ।

भारतले सन् २०२७ जनवरीदेखि विद्युत् निर्यातको परिमाणबारे डिसेम्बर २०२६ मा पुनरावलोकन गर्ने जनाएको छ । भारतले यस निर्णयले कठिन अवस्थामा नेपालको विद्युत् आवश्यकता पूरा गर्न सहयोग पुग्नुका साथै दुई देशबीचको ऊर्जा सहकार्य थप बलियो हुने मन्त्रालयले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै