काठमाडौँ । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पिएमजीओ नेपाल दक्षिण एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ । भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौँस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क रहेको छ । एक्स्ट्रिम इनर्जी ड्रिङ्क पिएमजीओ नेपाल दक्षिण एसिया फाइनल्सले नेपालमा गेमिङ तथा विद्युतीय खेलप्रतिको बढ्दो आकर्षणलाई थप उत्साह प्रदान गर्ने आयोजकको अपेक्षा छ ।
प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क अनुभव क्षेत्रसमेत सञ्चालन गरिनेछ । उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, तस्बिर खिच्ने अवसर तथा तत्काल पुरस्कार वितरणजस्ता कार्यक्रम सञ्चालन हुनेछन् ।
प्रतियोगिताको अवधिभर एक्स्ट्रिम फोन एन्ड एक्सपेरियन्स क्षेत्र, वाच पार्टी क्षेत्र, एक्स्ट्रिम गेमिङ च्यालेन्ज, एक्स्ट्रिम फोटो तथा कन्टेन्ट जोनलगायतका गतिविधि सञ्चालन हुनेछन्। यी गतिविधिले प्रतियोगिता हेर्न आउने दर्शक तथा सहभागीलाई थप मनोरञ्जन र सहभागिताको अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताले नेपालमा विद्युतीय खेल तथा गेमिङ संस्कृतिको प्रवर्द्धनमा थप योगदान पुर्याउने आयोजकको विश्वास छ। साथै, प्रतियोगितामार्फत गेमिङमा रुचि राख्ने युवा तथा दर्शकलाई मनोरञ्जनसँगै नयाँ अनुभव र प्रत्यक्ष सहभागिताको अवसर प्राप्त हुने जनाइएको छ ।









