काठमाडौँ । भारतले अफगानिस्तानलाई दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।
दिल्लीमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो । उसका लागि इब्राहिम जद्रानले ३७ तथा दर्विश रसुलीले २६ रन बनाए । भारतका नितिशकुमार रेड्डीले ३ विकेट लिएका थिए ।
१६० रनको लक्ष्य भारतले १४.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो । जसमा सञ्जु सामसनले आक्रामक ब्याटिङ गर्दै ५७ रन बनाए भने अभिषेक शर्माले ३९ रनको योगदान दिए । ईशान किशन ३८ रनमा अविजित रहे ।
भारतले यसअघि पहिलो खेलमा पनि अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । सिरिजको तेस्रो तथा अन्तिम खेल सेप्टेम्बर १७ मा हुनेछ ।









