काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोक राज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् ।
भेटवार्ताको क्रममा आपसी हित एवम् सैनिक सम्बन्धको बारेमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।
त्यसैगरी, प्रधानसेनापतिले सोही दिन मित्रराष्ट्र चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गर्नुका साथै बेइजिङमा आयोजना भएको द १३औं बेइजीङ सियाङसन फोरमको उद्घाटन सत्रमा समेत सरिक भएका नेपाली सेनाले जनाएको छ ।
भदौ २८ गते चीनको औपचारिक भ्रमणमा गएका प्रधानसेनापति सिग्देल असोज ३ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ ।









