काठमाडौँ । चलचित्र झिँगेदाउ- २ आजदेखि प्रदर्शनमा आएको छ । २०७९ सालको सुपरहिट चलचित्र ‘झिँगेदाउ’ को सिक्वेल झिँगेदाउ- २ लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।
कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराललगायतका कलाकारहरूको अभिनय रहेको छ ।
फिल्ममा आमाको महत्त्वलाई दर्शाउँदै पारिवारिक सम्बन्धको कथा रहेको बताइएको छ ।









