• २०८३ असोज २ शुक्रबार

सञ्चारमन्त्री तिमिल्सिना र कोरियाली राजदूतबीच भेटवार्ता

सञ्चारमन्त्री तिमिल्सिना र कोरियाली राजदूतबीच भेटवार्ता

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा नेपाल–कोरिया सम्बन्ध, भोटेकोशी बाढीपछि उद्धार, पुनःस्थापना तथा मानवीय सहायता र सूचना प्रविधि, डिजिटल अर्थतन्त्र तथा कृत्रिम बौद्धिकतामा सहकार्यबारे छलफल भएको छ ।

मन्त्री तिमिल्सिनाले बाढी प्रभावितको उद्धारमा कोरियाले पठाएको विपद् राहत टोली तथा सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

राजदूत पार्कले बाढी प्रभावित क्षेत्रमा कोरियाको सहयोग निरन्तर रहने बताएका छन्। उनका अनुसार कोरियाली सुरक्षाकर्मीले बाढीमा फसेका १० जना कोरियाली नागरिकको उद्धार गरेका छन् भने माथिल्लो त्रिशूली–१ आयोजना क्षेत्रमा रहेका नौ जना अझै सम्पर्कविहीन छन् ।

भेटमा सेप्टेम्बर ३० देखि अक्टोबर १ सम्म दक्षिण कोरियामा हुने १२औँ विश्व सूचना प्रविधि नेतृत्व मञ्चमा नेपालको सहभागिता तथा सूचना प्रविधि र कृत्रिम बौद्धिकतामा सहकार्यबारे समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै