• २०८३ असोज ४ आइतबार

रास्वपाको सचिवालय बैठकले के निर्णय गर्यो ?

रास्वपाको सचिवालय बैठकले के निर्णय गर्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी, संसद र सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष निकालेको छ ।

आइतबार बसेको सचिवालय बैठकले समसामयिक विषयवस्तुमा छलफल गर्दै पार्टी, संसद र सरकारलाई शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।

उनका अनुसार बैठकले बाढीपछि स्थगित रहेको रास्वपाको जनसंगठनको काम सुरू गर्ने निर्णय भएको बताए । त्यस्तै विगत केही महिनामा मधेसमा भएका विभिन्न घटना क्रमबारे अडिट रिपोर्ट तयार भएको र त्यस अडिट रिपोर्टकै आधारमा मधेस रास्वपाले कार्यक्रम सञ्चालन गर्ने निर्णय गरको छ ।

त्यस्तै रास्वपाले विगतदेखि नै राइट टु रिकलको एजेण्डा उठाउँदै आएको र अब कार्यान्वयनको दिशातर्फ लैजान आवश्यक रहेको बैठकमा छलफल भएको छ । सोही अनुसार कार्यदल बनाएर राइट टु रिकलका सम्बन्धमा आवश्यक व्यवस्था गरिने उनले बताए ।

त्यस्तै अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतका भ्रमणका सम्बन्धमा बैठकमा ब्रिफिङ गरेका थिए । उनले भारत भ्रमण फलदायी भएको र बाढीपछि भारत सरकारले गरेको सहयोगप्रति सरकारको तर्फबाट आभार प्रकट गरेको जानकारी गराएका थिए ।  त्यस्तै अर्थमन्त्री डा. वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीचको भेटमा नेपाली झन्डा नदेखिएको विषयमा जवाफ दिदै सो भेट वित्तमन्त्री सीतारमणको कार्यकक्षमा भएकाले नेपालको झन्डा नरहेको बताए । उनले भने- 'हाम्रो सभापतिको कार्यकक्षमा पनि राष्ट्रिय झन्डा छ र अर्थमन्त्रीजीको कार्यकक्षमा पनि राष्ट्रिय झन्डा छ, त्यहाँ भारतीय झन्डा त हुने कुरा भएन  । त्यहाँ पनि जुन फोटो आइरहेको छ, त्यो उहाँको कार्यकक्षमा भएको भेट हो । दुईपक्षीय भेटमा नेपालको झन्डा पनि सँगै राखिएको छ ।'

त्यसैगरी बैठकबाट करिब पाँच हजारजना बेपत्ताका परिवारले मृत्युको प्रमाणपत्र पाउनका निम्ति कानुनमा सुधार गर्न सुझाव पनि दिइएको छ भने परिवारले आस मारेको अवस्थामा मृत्युको प्रमाण पत्र दिने गरी कानुन सुधार गर्नुपर्ने सुझाव बैठकबाट दिइएको रास्वपा प्रवक्ता खरेलले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै