काठमाडौँ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल बिरामी परेका छन् । स्वास्थ्यमा समस्या आएपछि उनले सुरुमा धनगढीस्थित कैलाली अस्पतालमा उपचार गराएका छन् ।
धनगढीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौँ ल्याउन लागिएको छ । प्रमुख हमालले सामाजिक सञ्जालमार्फत आफू बिरामी परेको र थप उपचारका लागि काठमाडौँ जाँदै गरेको जानकारी गराएका छन् ।









