• २०८३ असोज ६ मंगलबार

एशियाली खेलकुद: टेबल टेनिसको मिक्स डबल्समा रुविन र इभानाको विजयी

एशियाली खेलकुद: टेबल टेनिसको मिक्स डबल्समा रुविन र इभानाको विजयी

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको मिक्स डबल्समा नेपालका रुविन महर्जन र इभाना थापाको जोडीले विजयी सुरुवात गरेको छ ।

मंगलबार सम्पन्न खेलमा नेपाली जोडीले पाकिस्तानका मुहम्मद खान र कस्लुम खानको जोडीलाई ११–६, ११–८ र ११–४ को सोझो सेटमा पराजित गरेको हो ।

यससँगै रुविन र इभानाको जोडीले प्रतियोगिताको अर्को चरणमा स्थान बनाएको छ । अर्को चरणमा उनीहरुले बुधबार हङकङका यिउ क्वान तो र ङ विङ लामसँग खेल्ने छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै