• २०८३ असोज ६ मंगलबार

बलिवुड अभिनेत्री रानी मुखर्जीकी आमाको निधन

बलिवुड अभिनेत्री रानी मुखर्जीकी आमाको निधन

काठमाडौँ । बलिउड अभिनेत्री रानी मुखर्जीकी आमा कृष्णा मुखर्जीको दिउँसो ७५ वर्षको उमेरमा निधन भएको छ । यशराज फिल्म्सले विज्ञप्ति जारी गर्दै उनको निधनको जानकारी दिएको हो ।

कृष्णा मुखर्जी बंगाली चलचित्रकी चर्चित पाश्र्व गायिका थिइन् । उनले सन् १९८० को दशकमा विभिन्न बंगाली चलचित्रका गीतमा आवाज दिएकी थिइन् । सन् १९८२ को चलचित्र ‘तेसरी आँख’को ‘ईद के दिन गले मिल ले राजा’ उनको चर्चित गीतमध्ये एक हो ।

अभिनेत्री रानी मुखर्जी आफ्नी आमासँग निकै नजिक थिइन् । उनी विभिन्न सार्वजनिक कार्यक्रममा आमासँगै देखिने गर्थिन् । कृष्णाले रानीलाई अभिनय क्षेत्रमा अघि बढ्न प्रेरित गर्नुका साथै उनको कामको गुणस्तरप्रति पनि विशेष ध्यान दिने गरेको बताइएको छ ।

परिवारले यस दुःखद समयमा शुभेच्छुक र सञ्चारमाध्यमलाई आफ्नो गोपनीयताको सम्मान गरिदिन आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै