• २०८३ असोज ७ बुधबार

कृष्णभीरको पहिरोस्थल स्थिरीकरण र जैविक इन्जिनियरिङको काम जारी

कृष्णभीरको पहिरोस्थल स्थिरीकरण र जैविक इन्जिनियरिङको काम जारी

काठमाडौं । असोज १ गतेदेखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि सडक तथा पहिरोस्थलको आवश्यक काम अझै पूरा भएको छैन । सडकलाई मध्यकालीन रूपमा सञ्चालनयोग्य बनाउन पहिरोस्थल स्थिरीकरण, मजबुतीकरण, जैविक इन्जिनियरिङ, पानी निकासका लागि नाली निर्माण र सडक कालोपत्रेसम्मका काम गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।

असोज ८ देखि १२ गतेसम्म विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले कृष्णभीरमा पहिरोको जोखिम कम गर्न काटिएको भित्तो र खुकुलो माटोलाई प्लास्टिक तथा त्रिपालले छोपिएको छ। पहिरोको माथिल्लो भागमा देखिएको चिरा रातो माटो र सिमेन्टको मिश्रणले टालेर प्लास्टिकले छोपिएको छ ।

त्यस्तै, माथिल्लो भागबाट आउने वर्षाको पानीलाई सुरक्षित रूपमा निकास दिन पानी सङ्कलन नाली निर्माणको तयारी भइरहेको छ । सडकमा रहेका पुराना चिरा सफा गरी टाल्ने कामसमेत गरिएको जनाइएको छ ।

पहिरोका कारण सडक अवरुद्ध भए तत्काल सञ्चालनमा ल्याउन दुवैतर्फ आवश्यक मेसिन तथा उपकरण तयारी अवस्थामा राखिएको छ । मौसमको प्रतिकूलता र सडकको अवस्थालाई ध्यानमा राखी सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सुरक्षा तथा पूर्वतयारीका काम भइरहेको जनाइएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै