• २०८३ असोज ८ बिहीबार

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डकी विदेशमन्त्री भाल्टोनेनबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डकी विदेशमन्त्री भाल्टोनेनबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको मुख्यालयमा फिनल्यान्डकी विदेशमन्त्री एलिना भाल्टोनेनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा भएको भेटमा मन्त्री खनालले नेपाललाई सहयोग र ऐक्यबद्धता व्यक्त गरेकोमा फिनल्यान्ड सरकार र जनताप्रति आभार व्यक्त गरेका छन् ।

उनले भोटेकोसी विपत्तिपछि नेपालले अघि बढाइरहेको उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासबारे जानकारी गराएका छन् । साथै नेपालले सन् २०४५ सम्म शून्य खुद कार्बन उत्सर्जन हासिल गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

भेटमा फिनल्यान्डका विदेशमन्त्री भाल्टोनेनले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न फिनल्यान्ड तयार रहेको बताएकी छन् ।

उनले जलवायु परिवर्तनसम्बन्धी कार्य, प्रविधि तथा विकासका अनुभव र सफल अभ्यास आदानप्रदानमा नेपालसँग थप सहकार्य गर्नुपर्नेमा जोड दिएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै