पाल्पा । निरन्तर वर्षासँगै आगामी दिनमा अति भारी वर्षाको सम्भावना रहेकाले पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाका अनुसार असोज ८ गतेदेखि असोज १२ गतेसम्म हरेक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द हुनेछ ।
मौसममा आएको परिवर्तनका कारण बाढी, पहिरो र डुबानलगायत विपद्जन्य जोखिम बढ्न सक्ने भएकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राखेर सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबैलाई उक्त अवधिमा रातिको समयमा दोभान–सिद्धबाबा सडकखण्डमा आवतजावत नगर्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।



2026-09-24-06-53-13_1000x667_50.webp)





