• २०८३ असोज ८ बिहीबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १३२ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १३२ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने काठमाडौँ उपत्यकामा एक जना, मधेश, सुदूरपश्चिम र बागमती प्रदेसमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १३२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने कोशीमा ३५ जना, काठमाडौँ उपत्यकामा १० जना, सुदूरपश्चिममा १० जना, बागमतीमा ९ जना घाइते भएका छन् भने लुम्बिनीमा २३ जना, कर्णालीमा १३  र गण्डकीमा १० जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै