• २०८३ असोज ८ बिहीबार

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा सामाजिक परिचालकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा सामाजिक परिचालकविरुद्ध मुद्दा दायर

काठमाडौं । रौतहटको माधव नारायण नगरपालिकामा सामाजिक परिचालक पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

यादवले जिल्ला विकास समिति, रौतहटको स्थानीय ट्रष्ट कोष समितिमा सामाजिक परिचालक पदमा नियुक्ति लिँदा बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उक्त प्रमाणपत्रका आधारमा यादव हालसम्म राष्ट्रसेवकको हैसियतमा कार्यरत रही पद, लाभ तथा सुविधा प्राप्त गरेको आयोगको दाबी छ ।

आयोगले यादवले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको जनाएको छ ।

आयोगले उनलाई कैद र जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै