• २०८३ मङ्सिर ३ बिहीबार

घुस लिएको आरोपमा सिँचाइ कार्यालयका दुई कर्मचारीविरुद्ध मुद्धा दायर

घुस लिएको आरोपमा सिँचाइ कार्यालयका दुई कर्मचारीविरुद्ध मुद्धा दायर

काठमाडौँ । पर्साको वीरगन्जस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजनका दुई प्राविधिक कर्मचारीविरुद्ध ३ लाख ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

आरोपपत्र दायर गरिएका कर्मचारीमा अधिकृत छैटौँ गजेन्द्र प्रसाद जायसवाल र विकी यादव रहेका छन् । उनीहरूले पर्साको ठोरी गाउँपालिका–३ मा सार्वजनिक इनार तथा पोखरी निर्माण र मर्मतसम्भार योजनाको भुक्तानी तथा धरौटी रकम फिर्ता दिने क्रममा सेवाग्राहीसँग घुस मागेर लिएको आरोप छ ।

अनुसन्धानका क्रममा दुवै कर्मचारीको मिलेमतोमा रकम माग गरिएको र जायसवालले कार्यालय समयमा घुस लिन नमिल्ने भन्दै अर्का व्यक्तिमार्फत रकम लिन लगाएको खुलेको अख्तियारले जनाएको छ । 

अख्तियारले दुवैलाई भ्रष्टाचार निवारण ऐनअनुसार ३ लाख ४५ हजार रुपैयाँ बिगो कायम गरी बिगो बराबर जरिवाना र कैद सजायको माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै