• २०८३ असोज १० शनिबार

जोरा र बमको अर्धशतकमा नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

जोरा र बमको अर्धशतकमा नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

काठमाडौँ । नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा जापानलाई १५० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको हो । बर्षाले प्रभावित यो खेल १५-१५ ओभर खेलाइएको छ । 

नेपालका लागि सन्दीप जोराले अविजित ५७ रन बनाएका थिए भने लोकेश बमले आक्रामक ब्याटिंग गर्दै २२ बलमा ५२ रन बनाएका थिए ।  त्यस्तै, आसिफ सेखले २१ रन बनाए भने कुशल भुर्तेलले ४, कुशल मल्ल र गुलशन झा ले २-२ रन बनाएका थिए । 

त्यस्तै जापानका बलर इब्राहिम तकाहाशी, जेक कुसुदा नैरन, रेओ सकुरानो थोमस र डेक्लान सुजुकीले एक एक विकेट लिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै