• २०८३ असोज ११ आइतबार

अर्घाखाँचीमा ईभी गाडी दुर्घटना, घाइते चालकको उद्धार

अर्घाखाँचीमा ईभी गाडी दुर्घटना, घाइते चालकको उद्धार

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–८ सातमारामा ईभी गाडी दुर्घटना हुँदा घाइते भएका चालकको सशस्त्र प्रहरीले उद्धार गरेको छ । 

दुर्घटनामा दाङको राप्ती गाउँपालिका–१ पुलचोक बस्ने ३२ वर्षीय उज्वल शाक्य घाइते भएका छन् ।

गएराती कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको ००१ लु.प्र. ०२–००१ ज ०१५९ नम्बरको ईभी गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो । गाडीमा चालक मात्र रहेको जनाइएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण ज्वालामाई भालुवाङ दाङबाट सशस्त्र प्रहरी उपरीक्षक यदु कुमार कार्कीको नेतृत्वमा टोली घटनास्थलमा पुगेर उद्धार गरेको हो ।

उद्धारपछि घाइते शाक्यलाई उपचारका लागि भालुवाङ अस्पताल दाङ पठाइएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै