काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने मधेश, बागमती, सुदूरपश्चिम र लुम्बिनी प्रदेसमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ९४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १२ जना घाइते भएका छन् भने कोशीमा ३१ जना, काठमाडौँ उपत्यकामा ८ जना, सुदूरपश्चिममा ९ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा १४ जना, कर्णालीमा ५ र गण्डकीमा ७ जना घाइते भएका छन् ।









