Skip This
  • २०८३ असोज १२ सोमबार

एनआरएनए अमेरिकाले परराष्ट्रमन्त्री खनाललाई बुझायो १७ बुँदे सुझाव

एनआरएनए अमेरिकाले परराष्ट्रमन्त्री खनाललाई बुझायो १७ बुँदे सुझाव

काठमाडौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले परराष्ट्रमन्त्री शिशिर खनाललाई १७ बुँदे सुझाव बुझाएको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका मन्त्री खनाललाई एनआरएनए अमेरिका अध्यक्ष सतेन्द्र साह नेतृत्वको टोलीले भेटेर गैरआवासीय नेपालीका समस्या, हकहित तथा नेपालको विकासमा डायस्पोराको सहभागितासम्बन्धी सुझाव बुझाएको हो ।

ज्ञापनपत्रमा गैरआवासीय नेपाली ऐन, २०८३ को मस्यौदा परिमार्जन, गैरआवासीय नेपाली नागरिकताको व्यावहारिक कार्यान्वयन, लगानी सुरक्षा, विदेशबाट मतदानको व्यवस्था तथा कन्सुलर सेवा सुधारलगायतका विषय समेटिएका छन् ।

यस्तै, गैरआवासीय नेपालीका लागि लगानी सहजीकरण, विदेशमा रहेका नेपालीको सुरक्षा तथा आपत्कालीन उद्धार, कानुनी सहायता, डायस्पोरा समन्वय केन्द्र स्थापना र विदेशमा रहेका नेपालीको सीप तथा पूँजीको अभिलेख राख्नेसहितका सुझाव दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै