Skip This
  • २०८३ असोज १२ सोमबार

छ महिनाको सुत्केरी बिदा मातृत्वको सम्मान र स्वस्थ मानव पुँजी निर्माणसँग जोडिएको विषय हो- मन्त्री मेहता

छ महिनाको सुत्केरी बिदा मातृत्वको सम्मान र स्वस्थ मानव पुँजी निर्माणसँग जोडिएको विषय हो- मन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले छ महिनाको सुत्केरी बिदालाई कर्मचारीको सुविधा मात्र नभई मातृत्वको सम्मान, आमा तथा नवजात शिशुको स्वास्थ्य र दीर्घकालीन मानव पुँजी निर्माणसँग जोडेर हेर्नुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई छ महिनासम्म तलबसहितको सुत्केरी बिदा दिने प्रस्ताव रहेको बताइन्।

हाल आमालाई ९० दिन र बाबुलाई १५ दिन बिदा दिने व्यवस्था रहेकामा संशोधनमार्फत आमाको बिदा छ महिना र पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीलाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ ।

मन्त्री मेहताले पर्याप्त आराम, स्तनपान, शिशुको उचित हेरचाह र पोषण सुनिश्चित गर्न सुत्केरी बिदा महत्वपूर्ण रहेको बताइन्। उनले मातृत्वसम्बन्धी अधिकार सरकारी क्षेत्रमा मात्र सीमित नराखी निजी क्षेत्रमा कार्यरत महिलाले समेत व्यवहारमै पाउने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

उनका अनुसार प्रस्तावित विधेयकमा सुरक्षित तथा गुणस्तरीय प्रसूति सेवा, तालिम प्राप्त प्रसूतिकर्मीबाट सेवा, मातृत्वसम्बन्धी हिंसा रोकथाम तथा विशेष अवस्थामा गर्भपतनसम्बन्धी व्यवस्थालाई थप स्पष्ट बनाउने प्रावधानसमेत समेटिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै