Skip This
  • २०८३ असोज १२ सोमबार

जीडब्ल्यूएमको ‘गो विथ मोर'’ चाडपर्व अफर

जीडब्ल्यूएमको ‘गो विथ मोर'’ चाडपर्व अफर

काठमाडौं । जीडब्ल्यूएम नेपालले दसैं–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै ‘गो विथ मोर'’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत जीडब्ल्यूएमका विद्युतीय एसयूभी ओरा ५ र हाभाल जोलियन म्याक्स खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मका विभिन्न लाभ पाउने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत ओरा ५ खरिदमा २ लाख रुपैयाँसम्म र हाभाल जोलियन म्याक्स खरिदमा ३ लाख रुपैयाँसम्मका लाभ उपलब्ध हुनेछन्।

कम्पनीका अनुसार अफरमा निःशुल्क पूर्ण बिमा, सडक दस्तुर, अतिरिक्त टायर, ७ किलोवाटको चार्जर तथा अन्य सामग्री समावेश छन्। त्यसैगरी, ग्राहकले नगद छुट, आकर्षक सट्टापट्टा मूल्य तथा सहज कर्जा सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यी सुविधा कम्पनीले तोकेको नियम तथा सर्तअनुसार उपलब्ध हुनेछन् ।

जीडब्ल्यूएमको ओरा ५ आकर्षक डिजाइन, आधुनिक प्रविधि र प्रिमियम विद्युतीय सवारीका लागि परिचित मोडल रहेको कम्पनीले जनाएको छ। प्रविधिमैत्री भित्री सजावट र आधुनिक डिजाइन रहेको ओरा ५ ले नेपाली बजारमा पनि ग्राहकको चासो बढाउँदै आएको कम्पनीको भनाइ छ। उक्त मोडलले सन् २०२६ को टोरोन्टो अटोमोटिभ डिजाइन अवार्ड्सअन्तर्गत पारिवारिक कार विधामा उत्कृष्ट भित्री सजावटको पुरस्कारसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ।

त्यस्तै, हाभाल जोलियन म्याक्समा आधुनिक एसयूभी डिजाइन, विद्युतीय सञ्चालन प्रणाली तथा विभिन्न स्मार्ट प्रविधि समावेश गरिएको छ। यो मोडल नाडा नेपाल मोबिलिटी एक्स्पो २०२६ मार्फत नेपाली बजारमा सार्वजनिक गरिएको थियो।

‘गो विथ मोरे’ अभियानमार्फत गाडी खरिदमा मात्रै नभई ग्राहकको समग्र स्वामित्व अनुभवमा थप मूल्य प्रदान गर्ने उद्देश्य रहेको जीडब्ल्यूएम नेपालले जनाएको छ। विद्युतीय सवारीप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै कम्पनीले आफ्नो विद्युतीय सवारीको दायरा विस्तार गर्दै आएको जनाएको छ।

भीजी इम्पेक्स प्रालि. जीडब्ल्यूएमको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक हो। कम्पनीका अनुसार यो अफर काठमाडौं, बुटवल, विराटनगर, चितवन, पोखरा, भक्तपुर र धनगढीस्थित आधिकारिक विक्रेता केन्द्रमार्फत उपलब्ध हुनेछ। ग्राहकले सम्बन्धित शोरुममा गएर अफर, सट्टापट्टा तथा कर्जा सुविधाबारे थप जानकारी लिन सक्नेछन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै