• २०८३ असोज १३ मंगलबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १४१ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १४१ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा ३ तथा मधेश प्रदेशमा २ र बागमती र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १४१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३१ जना घाइते भएका छन् भने कोशीमा २८ जना, काठमाडौँ उपत्यकामा ३४ जना, सुदूरपश्चिममा ८ जना, बागमतीमा १ जना घाइते भएका छन् भने लुम्बिनीमा २६ जना, कर्णालीमा ३ र गण्डकीमा १० जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै