• २०८३ असोज १४ बुधबार

नोटबन्दीको समर्थन गर्दै नेकपाले सोध्यो- रास्वपालाई नोटबन्दी गर्न के ले रोकेको छ ?

नोटबन्दीको समर्थन गर्दै नेकपाले सोध्यो- रास्वपालाई नोटबन्दी गर्न के ले रोकेको छ ?

काठमाडौँ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपा सांसद यज्ञमणि न्यौपानेले राखेको नोटबन्दीको प्रस्तावको समर्थन गर्दै तुरुन्त नोटबन्दी गर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद दुलालले रास्वपालाई नोटबन्दी गर्न के ले रोकेको छ भन्दै नोटबन्दी गर्न नेकपाको पूर्ण समर्थन रहेको बताएका थिए ।

उनले भने- 'रास्वपाको सरकारलाई अबिलम्ब पुराना हजार र पाँच सयका नोटहरुलाई नोटबन्दी गर्न माग गर्दछु । हाम्रो दल नेकपाको तर्फबाट सबै सांसदहरुले हस्ताक्षर गरेर दिनुपरे पनि आजै दिन सकिने जानकारी दिन चाहन्छु । र रास्वपालाई संगै प्रश्न गर्न चाहन्छु, यो हजार र पाँच सयका भ्रष्टाचार गरेर राखेका नोटको नोटबन्दी गर्न तपाईलाई के ले छेक्यो ?'

यसअघि आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद यज्ञमणि न्यौपानेले विगतमा भ्रष्टाचार गरेको पैसाले अहिले चलखेलको प्रयास गरिएको भन्दै एक हजार र पाँचसयका नोट बन्द गरेर नयाँ नोट छाप्न माग गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै