• २०८१ बैशाख १४ शुक्रबार

चन्द्रमाको ध्रुवमा पानी भेटियो, वैज्ञानिक भन्छन्, ‘छिट्टै मानवशिविर स्थापना गर्ने आशा बढ्यो !’

kharibot

अमेरिका । वैज्ञानिकहरुले चन्द्रमाको ध्रुवमा आइस (बरफ पिण्ड) फेला परेको बताएका छन् । युनिभर्सिटी अफ हवाई र ब्राउन युनिभर्सिटीका अध्येताहरुले नासाको मुन मिनरलोजी म्यापर इन्स्ट्रुमेन्ट प्रयोग गरी उक्त आइस रहेको पत्ता लगाएका हुन् । 

उनीहरुको यस्तो निश्चितताले चन्द्रमामा छिट्टै ‘मानवीय लुनार बेस’ स्थापना हुनसक्ने विश्वास बढेको छ । 

चन्द्रमाको ध्रुवनजिकै क्रेटरको छायाँभित्र उक्त आइस रहेको बताइएको हो । जहाँ अधिकतम तापक्रम माइनस १५६ डिग्री सेल्सियस अर्थात् माइनस २५० डिग्री फरेनहाइटसम्म मात्रै हुन्छ । 

उक्त क्षेत्रले कहिल्यै सूर्यको प्रकाश देख्न नपाउने पनि बताइएको छ । चन्द्रमाको रोटेसन एक्सिसको सानो ढल्काइका कारण यस्तो हुने उनीहरुको भनाइ छ । 

यद्यपि यसअघि नै चन्द्रमाको दक्षिण ध्रुवमा आइस छ भन्ने अप्रत्यक्ष रुपमा ज्ञान भइसके पनि अहिले भने त्यसमा निश्चितता प्राप्त भएको हो । वैज्ञानिकहरुले यसलाई बलियो प्रमाणका रुपमा लिएका छन् । 

  • चन्द्रमाको दुई ध्रुवमा आइसको वितरणको अवस्था । 

     

अध्येताहरुले कम्तीमा पनि उक्त ध्रुवमा थोरै मिलिमिटरको रुपमा आइस रहेको विश्वास गरेका छन् । 

यसले चन्द्रमामा गएर अध्ययन गर्न वा बस्नकै लागि पनि महत्वपूर्ण स्रोत हुनेछ । 

पृथ्वीबाट थुप्रै देशहरुले भविष्यमा चन्द्रमामा पुग्ने मिसनहरुबारे घोषणा गरिरहेको सन्दर्भमा पानी फेला परेको बलियो प्रमाण पत्ता लाग्नुलाई महत्वपूर्ण उपलब्धि मानिएको हो । 

यसका साथै नासाले आफ्ना आगामी मिसनहरुमा उक्त आइस कसरी त्यहाँ रहनपुग्यो र यसले चन्द्रमाको वातावरणमा कसरी असर गरिरहेको छ भन्नेतिर ध्यान खिच्ने वैज्ञानिकहरुले बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै