• २०८३ असोज १४ बुधबार

संघीय संसदका दुई समितिको बैठक बस्दै

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आज बिहान ८ बजेदेखि शुरु हुने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई समितिले समय-समयमा दिएका निर्देशन तथा सुझावहरूको कार्यान्वयनको अवस्था र कृषि, वन तथा पर्यावरणसँग सम्बन्धित अन्य समसामयिक विषयमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यस्तै आज विहान ११: १५ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ को मसौदा प्रतिवेदन माथि छलफलको कार्यसूची रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै