• २०८३ असोज १५ बिहीबार

भोटेकोसी बाढीको अध्ययन गर्न राष्ट्रियसभाले पनि बनायो विशेष समिति

भोटेकोसी बाढीको अध्ययन गर्न राष्ट्रियसभाले पनि बनायो विशेष समिति

काठमाडौं । भोटेकोसी बाढीको अध्ययनका लागि राष्ट्रियसभाले पनि विशेष समिति गठन गरेको छ ।  विहिबार बसेको राष्ट्रिय सभाको बैठकले नौ सदस्यीय विशेष समिति गठन गरेको हो ।

यसअघि संयुक्त विशेष समिति गठन हुनुपर्ने माग विपक्षी दलहरुले गरेपनि रास्वपा सहमत नभएपछि प्रतिनिधि सभामा मात्र विशेष समिति बनाइएको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि विशेष संसदीय समिति गठनको मागअनुसार राष्ट्रिय सभा नियमावली २०७५ को नियम १६७ अनुसार नौ सदस्यीय समिति गठन भएको सभामा बताएका थिए । नौ सदस्यीय समितिमा  कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पुजा चौधरी र तुलप्रसाद विश्वकर्मा छन् भने समितिमा एक सदस्य पछि थप हुने बताइएको छ । 

समितिलाई पुस मसान्तसम्मको समय दिइएको छ भने प्रतिनिधिसभाले बनाएको विशेष समितिसँग आवश्यक समन्वयन गर्न सक्ने भनिएको छ । 

समितिलाई विपद्‍मा जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेहरूको उपचार, शव व्यवस्थापन, पुनर्स्थापना लगायतको अध्ययन, समीक्षा गर्ने कार्यादेश तोकिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै