• २०८३ असोज १६ शुक्रबार

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

काठमाडौं । भरतपुर अस्पताल विकास समितिमा क्षितिज पौडेल अध्यक्ष तथा नवराज तिमिल्सिना र अनिता खड्का सदस्य नियुक्त भएका छन् ।

मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई भरतपुर अस्पताल विकास समितिमा नियुक्त गरिएको हो । अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्नेछ ।

नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले अस्पतालको सेवा गुणस्तरीय, व्यवस्थित र नागरिकमैत्री बनाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने अपेक्षा गरिएको छ । 

भरतपुर अस्पताल संघीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको प्रमुख सरकारी अस्पताल हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै