• २०८३ असोज १७ शनिबार

मस्क र जिलिसबीच ब्रेकअप

मस्क र जिलिसबीच ब्रेकअप

काठमाडौं । टेस्लाका प्रमुख इलन मस्क र न्युरालिंककी कार्यकारी शिवोन जिलिसबीच सम्बन्ध टुंगिएको छ ।

जिलिसले सामाजिक सञ्जाल एक्समार्फत मस्कसँग ब्रेकअप भएको पुष्टि गरेकी छन् । दुवैका चार सन्तान छन् । 

शुक्रबारको पोस्टमा जिलिसले मस्कले सम्बन्ध सुरु भएको एक सातामै आफूलाई प्रेम गर्ने बताएको भएपनि पछि अचानक सम्बन्ध तोडेको उल्लेख गरेकी छन् । आफूले ब्रेकअपबारे पहिले कुनै संकेत नपाएको पनि उनले बताएकी छन् ।  जिलिसले आफू सम्बन्ध टुटेकामा दुःखी भए पनि मस्कको अझै धेरै ख्याल गर्ने बताएकी छन् । आगामी दिनमा पनि दुवै असल साथीका रूपमा रहँदै आफ्ना सन्तानको संयुक्त रूपमा पालनपोषण गर्ने इच्छा उनले व्यक्त गरेकी छन् ।

मस्क र जिलिसका सन्तानमा जुम्ल्याहा स्ट्राइडर र एज्योर, छोरी अर्काडिया तथा छोरा सेल्डन लाइकर्गस छन् । जुम्ल्याहा सन्तानको जन्म २०२१ मा भएको थियो भने अर्काडियाको जन्म २०२४ मा र सेल्डनको जन्म २०२५ मा भएको बताइएको छ ।

मस्कको यसअघि जस्टिन विल्सनसँग विवाह भएको थियो । उनीहरूका सन्तानमध्ये एकको शिशु अवस्थामै मृत्यु भएको थियो भने अन्य पाँच सन्तान छन् । त्यसपछि मस्कले अभिनेत्री तालुलाह राइलसँग दुई पटक विवाह गरेका थिए । अभिनेत्री एम्बर हर्ड र गायिका ग्राइम्ससँग पनि उनको सम्बन्ध चर्चामा आएको थियो ।

ग्राइम्ससँग मस्कका तीन सन्तान छन् । उनीहरूको सम्बन्ध २०२२ मा टुंगिएको थियो ।   त्यसपछि मस्क र जिलिसबीचको सम्बन्ध सार्वजनिक भएको थियो ।

यसैबीच, अमेरिकी सामाजिक सञ्जाल प्रभावकारी तथा लेखिका एश्ले सेन्ट क्लेयरले २०२५ मा आफू मस्कको सन्तानकी आमा भएको दाबी गरेकी थिइन् । उनले सुरक्षाका कारण आफूले केही समयसम्म यो विषय सार्वजनिक नगरेको बताएकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै