• २०८३ असोज १८ आइतबार

गगन थापा नै सर्वसम्मत सभापति बन्ने एमाले महासचिव पोखरेलको विश्वास

गगन थापा नै सर्वसम्मत सभापति बन्ने एमाले महासचिव पोखरेलको विश्वास

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा नै सर्वसम्मत सभापति बन्ने विश्वास व्यक्त गरेका छन् । 

आइतबार, काँग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव पोखरेलले विशेष महाधिवेशनबाट सभापति बनेका थापाले १५औं महाधिवेशनमा स्वीकार्य सभापतिको रुपमा स्थापित हुने विश्वास गरेका थिए । 

उनले भने- '१५औँ राष्ट्रिय महाधिवेशनबाट सिंगो नेपाली कांग्रेसको स्वीकार्य सभापतिका रूपमा स्थापित हुनुहुन्छ भन्ने विश्वास र अपेक्षाका साथ शुभकामना व्यक्त गर्न चाहन्छु ।'

उनले विगतमा काँग्रेससँग मिलेर आन्दोलन गर्दै देशमा गणतन्त्र स्थापना गरेको सम्झना गर्दै अहिले फेरी एक भएर अगाडी बढ्नुपर्ने अवस्था आएको बताए । उनले भने- 'पहिले निरंकुशताको अन्त्यका लागि कांग्रेसले वामपन्थीसँग सहकार्य गरेको थियो । लोकतन्त्रको रक्षाका लागि अब सहकार्य गर्छ वा गर्दैन भन्ने प्रश्न आएको छ ।'

नेता पोखरेलले जननिर्वाचित सरकार संसद्प्रति उत्तरदायी नभएको, नागरिकप्रति जबाफदेही नभएको भन्दै लोकतन्त्रमा खतरा उत्पन्न भइरहेको टिप्पणी गरेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै