• २०८३ असोज २० मंगलबार

नेपाली बक्स अफिसमा गत साता कुन फिल्मले कति कमाए ?

नेपाली बक्स अफिसमा गत साता कुन फिल्मले कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज १८ गते आइतबारसम्मको चलचित्र गौथली, पेन्सन पट्टा, बेहुली, झिंगे दाउ-२, पार्वती, आचार्य, बा: एक योद्धा र तिनीहरु इलेफेन्ट इन द फगको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । 

जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २६ करोड १ लाख ९६ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ४४ हजार २६३ टिकट बिक्री गरेको छ ।

त्यसैगरी भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पेन्सन पट्टाले अहिलेसम्म ९ करोड १३ लाख १६  हजार कमाई गरेको छ भने यस चलचित्रका ३ लाख २१ हजार ३६२ टिकट विक्री भएका छन् । त्यस्तै, भदौं २६ गतेदेखि नै प्रदर्शनमा आएको चलचित्र बेहुलीले २ करोड ९९ लाख १३ हजार कमाई गरेको छ भने यस चलचित्रका एक लाख ६ हजार ४५९ टिकट विक्री भएको छ । 

त्यस्तै, असोज २ गते देखि प्रदर्शनमा आएको झिंगेदाउ- २ ले एक करोड ४५ लाख ६० हजार कमाई गरेको छ । यस फिल्मले ४७ हजार ९५८ टिकट विक्री गरेको छ । भदौ १२ गतेदेखि प्रदर्शनमा आएको पार्वतीले बक्स अफिसमा अहिलेसम्म २ करोड २९ लाख १६ हजार कमाई गरेको छ भने अहिलेसम्म ८१ हजार ५९२  टिकट विक्री भएका छन् ।

त्यस्तै अन्तर्राष्ट्रियरुपमा चर्चामा आएको तिनीहरु इलेफेन्ट इन द फगले अहिलेसम्म एक करोड २७ लाख कमाइ गरेको छ । यस चलचित्रले ३६ हजार २० टिकट बिक्री गरेको छ । यो फिल्मलाई नेपालबाट आउदो ओस्कारका लागि समेत सिफारिस गरिएको छ ।

त्यस्तै असोज ९ गतेदेखि प्रदर्शनमा आएको फिल्म आचार्यले एक करोड ५६ लाख ६७ हजार कामाई गरेको छ भने यस फिल्मका ५४ हजार १०६ टिकट विक्री भएका छन् ।

त्यसैगरी, असोज ९ गतेदेखि नै प्रदर्शनमा आएको फिल्म बा: एक योद्धाले अहिलेसम्म एक करोड ९३ लाख कमाई गरेको छ । यस फिल्मका ६५ हजार ५६० टिकट विक्री भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै