• २०८३ असोज २० मंगलबार

तेक्वान्दो खेलाडी वैभवी विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाँदै

तेक्वान्दो खेलाडी वैभवी विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाँदै

काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटा विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने भएकी छिन् । थाइल्यान्डमा वैभवीले तेक्वान्दोसँगै त्यहाँको राष्ट्रिय खेल परम्परागत मार्सल आर्ट मुवा थाइको विशेष तालिम लिनेछिन् ।

वैभवीलाई मुवा थाइको लागि अमेरिकी प्रशिक्षक स्टेफन होवार्डले प्रशिक्षण गराउने छन् भने थाइल्यान्डमा रहँदा वैभवीले होवार्डको पटायास्थित फाइट इभो एकेडमीका लागि खेल्नेछिन् ।

त्यसैगरी, वैभवीले थाइल्यान्डको प्रतिष्ठित प्रतियोगिता "१४औं रोयल प्रिन्सेस कप" तेक्वान्दो च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने छिन् । अक्टोबर २४ मा बैंककमा हुने सो प्रतियोगितामा वैभवीले क्योरुगी र पुम्से दुई विधामा प्रतिष्पर्धा गर्ने छिन् । सो प्रतियोगितामा थाइल्यान्ड, भियतनाम, म्यानमार, लाओस, फिलिपिन्स, मलेसियालगायतका खेलाडीले सहभागिता जनाउनेछन् ।

वैभवीलाई सो प्रतियोगिताको लागि बैंककस्थित अल स्टार तेक्वान्दो एकेडेमीले अनुबन्ध गरेको छ भने तेक्वान्दोको नियमित प्रशिक्षण उनको त्यही एकेडेमीमा हुनेछ । हालै सम्पन्न प्रथम लायन काठमाडौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा वैभवीले स्वर्णसहित दुई पदक हासिल गरेकी थिइन् । वैभवी आगामी शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै छिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै