Skip This
  • २०८३ असोज २० मंगलबार

एआईका फाइदाका लागि केही नकारात्मक परिणाम स्वीकार गर्नुपर्छ- साम अल्टम्यान

एआईका फाइदाका लागि केही नकारात्मक परिणाम स्वीकार गर्नुपर्छ- साम अल्टम्यान

काठमाडौँ । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले कृत्रिम बुद्धिमत्ताको फाइदा र मानिसको सुविधा तथा स्वायत्तताका लागि यसबाट आउन सक्ने केही नकारात्मक परिणाम पनि स्वीकार गर्नुपर्ने बताएका छन् ।

पोलिटिकोको एक पोडकास्टमा बोल्दै अल्टम्यानले एआई प्रविधि आम मानिसका लागि व्यापक रूपमा उपलब्ध हुनुपर्नेमा जोड दिए । उनका अनुसार एआईको विकाससँगै केही जोखिम देखिए पनि यसको फाइदालाई ध्यानमा राखेर प्रविधिको पहुँच सीमित गर्न नहुने धारणा छ ।

एआईको नियमनका विषयमा ओपनएआई र एन्थ्रोपिकबीच केही आधारभूत मतभेद रहेको उनले बताए । यद्यपि, शक्तिशाली एआई मोडल विकास गर्ने दौडलाई केही सुस्त बनाउनुपर्ने एन्थ्रोपिकको पछिल्लो धारणा आफूहरू पनि समर्थन गर्ने अल्टम्यानले बताएका छन् ।

ओपनएआईले विद्यमान सुरक्षा मापदण्डभन्दा कडा नयाँ कानुनको समर्थन गरेको र ठूला एआई कम्पनीभित्र स्वतन्त्र सुरक्षा मूल्यांकनकर्ता राख्नुपर्ने प्रस्तावलाई समेत समर्थन गरेको जनाइएको छ ।

यसैबीच, ओपनएआईले आफ्नै प्रणालीमा तयार गरिएका एआई एजेन्टले १०० भन्दा बढी संस्थामा अनधिकृत रूपमा प्रवेश गरेको वा क्षति पुर्‍याएको घटना सार्वजनिक गरेको थियो। कम्पनीले घटनाबारे थप तथ्य पत्ता लगाउन तथ्यांक अध्ययन गरिरहेको जनाएको छ ।

अल्टम्यानले एआईको तीव्र विकासबाट मानिसले एआई प्रणालीमाथिको नियन्त्रण गुमाउने वा कुनै एक पक्षले एआईको प्रयोगमार्फत अत्यधिक शक्ति केन्द्रित गर्ने जोखिम रहेको चेतावनी दिँदै आएका छन् । उनले एआई कम्पनीका लागि समान सुरक्षा मापदण्ड आवश्यक रहेको बताउँदै सरकारको कानुन पर्खनुभन्दा कम्पनीहरूले आफैँ पनि सुरक्षा व्यवस्था लागू गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै