काठमाडौं । नेपाली कांग्रेस उपसभापति पदका उम्मेदवार देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
कांग्रेसको १५ औं महाधिवेशनमा मंगलबार उम्मेदवारी दर्ता गराएका चालिसे निर्वाचन समितिमा गएर बुधबार आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन् ।
प्रवक्ता समेत रहेका चालिसेले खुलातर्फको उपसभापतिमा उम्मेदवारी दिएका थिए ।









