• २०८३ असोज २१ बुधबार

प्रधानसेनापति सिग्देलद्वारा बेलायतमा सैनिक गतिविधिको अवलोकन, उच्च अधिकारीसँग भेटवार्ता

प्रधानसेनापति सिग्देलद्वारा बेलायतमा सैनिक गतिविधिको अवलोकन, उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलले बेलायती उच्च सैनिक तथा सरकारी अधिकारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकरको निमन्त्रणामा असोज १९ गतेदेखि बेलायत भ्रमणमा रहेका प्रधान सेनापति सिग्देलले असोज २० गते सैन्य रणनीति तथा सञ्चालनसम्बन्धी उपप्रमुख र पूर्वसैनिक तथा जनशक्ति मामिलासम्बन्धी राज्यमन्त्रीका संसदीय उपसचिवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

सोही क्रममा प्रधान सेनापति सिग्देलले गोरखा सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीर गोर्खा सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

असोज २१ गते प्रधान सेनापति सिग्देलले बेलायती सेनाको मुख्यालयको भ्रमण गरी बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकरसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा दुई देशबीचको आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै