गजलमा लय किन आवश्यक ? 

खरीबोट

लेखक : विपुल सिजापति

हरिसिद्धि, ललितपुर। गजलका बारेमा धेरै बहस गरियो तर ती कुनै पनि उत्पादक भने भएनन् । लयलाई लिएर धेरै वर्ष अगाडिदेखि गजलमा विवाद हुँदै आएको छ र अहिले पनि यो विवाद कायमै छ । विवाद हुनु पर्छ र त्यसबाट निस्किएको सत्यलाई सम्मान गर्ने हिम्मत पनि हुनै पर्छ । नत्र बेफ्वाँकको बहस गरेर बस्नुको कुनै तुक छैन ।

साहित्यमा लागि पर्नेले, लेख्छु भन्नेले साहित्यका विभिन्न पक्षहरूको थोरबहुत अध्ययन गर्नै पर्छ ज्ञान राख्नै पर्छ । जरा कहाँ छ भन्ने थाहा नभएकाले काण्ड यहाँ छ र टुप्पो उहाँ पुग्नेछ भनेर फलाक्नुको कुनै अर्थ छैन । किनभने मूल नबुझिकन त्यसका हाँगाहरूका बारेमा मात्र निरर्थक बहस गर्नुको कुनै औचित्य हुँदैन । जंगबहादुरले आफूलाई मेवाडका राणाहरूको सन्तान भनेर लालमोहर हत्याए पनि उनैका सन्तानहरू अझै कुँवर नै लेख्छन् । त्यसैले गजलको मूलसम्म नपुगि, मूललाई नै बेवास्ता गरेर बिना लय पनि गद्य गजल बन्न सक्छ भनेर शेखी झार्नु भनेको जङ्गगरेकोले  खाँट्टि राणा भएजस्तै हो । गजलमा लय किन चाहिन्छ भन्ने बारेमा धेरै लेखिसकिएको छ, तै पनि यसलाई पुनः प्रष्ट पार्ने जमर्को गर्दैछु, ता कि, कसैमा भ्रम नहोस् । 

सर्वप्रथम त गजलको इतिहास राम्ररी अध्ययन गर्ने हो भने गजल गाइँदैन भन्ने तथ्य छर्लङ्ग हुन्छ । गजल एक गेय विधा भएता पनि यो कहिन्छ तर गाइँदैन थियो (अहिले गाइने गरिन्छ त्यो भिन्दै  कुरा हो) कहिन्थ्यो । जमातको केन्द्रमा बसेर कहिने गजलमा मिसराका दुवै पाउका ध्वन्यात्मक लम्बाइ समान नभएमा (मिटर लामो छोटो भएमा) त्यसको श्रोतामा पर्न जाने असर न्यून हुन्छ । नेपाली लोकगीतहरूमा पनि ध्वन्यात्मक लम्बाइ या मिटरलाई प्रायश समान बनाउने प्रयास यसको प्रत्यक्ष उदाहरण हो । लोकगीत मात्र हैन, संसारका कुनै पनि देशमा गाइने लोकगीत या गीतहरू मिटरमा बाँधिन्छन्, लयमा गाइन्छन् भने गजलमा मिटर या लय आवश्यक छैन भनेर बलमिचाइँ गर्दैमा होला र ! यसैले गजलमा लय नितान्त आवश्यक छ । 

अब प्रश्न उठछ, कहिने गजललाई लयमा किन बाँधियो भनेर ? 

गजल अरबमा जन्मिएको कुरा सर्वविदितै छ र यसको विकाश फारसी भाषामा भएको कुरा पनि सर्वविदितै छ । सङ्गीतमा दुई प्रकारको बाद्ययन्त्र हुन्छन्, तालबाजा र सुरबाजा । हारमोनियम, बाँसुरी आदि सुरबाज स्वरसँगसँगै जान्छ र ढोलक, मादल, तबला, मृदङ्ग, ड्र्मसेट, कंगो, बिंगो आदि तालबाजाले सुरबाजा या स्वरलाई निश्चित् माप भित्र बाँध्छ । सङ्गीतको स नजानेकाहरूले पनि "के ताल न सुरको कुरा गरेको होला" भनेर भन्छन् । अर्थात् कुराको ढाँप र माप नमिल्ने बित्तिकै अनपढ गँवारले पनि थाहा पाउँछ भने, अब गजलको सुरुवाती अवस्थाको कल्पना गरौँ । अरब या फारसमा (इरान) एक त स्थानीय तालबाजा र सुरबाजको निक्कै कमी थियो भने मरुभूमिमा सयौँ माइल परपर रहने गाउँहरूमा ती बाजाहरु पुग्ने अवसर पनि थिएन । अझै पनि अफ्रिकाका थुप्रै ट्राइबहरूले गीत गाउँदा बाद्ययन्त्रको प्रयोग नगरीकन ताल र सुरमा ताली बजाउँछन् । यही तालीको तालमा बाँधिएर थुप्रै मानिसहरूको बीचमा कहिने गजलको लागि लय कति आवश्यक थियो भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ ।  

दरबारमा बादशाहको अगाडि भनिने कसिदाको पहिलो पाउ निक्कै लामो र दोस्रो पाउ निक्कै छोटो भएको अवस्थामा के त्यो कविले स्याबासी पाउँथ्यो होला र ? के त्यो काव्यको असर हुन्थ्यो होला र ?

गजल यही लयमा बाँधिएर विकसित हुँदै आयो । फारसी भाषामा गजल भित्रिएको धेरै पछि लयलाई उच्चारणको आधारमा गणितिय सूत्रमा बाँधियो, जसलाई बहर भनिन्छ ।
अर्को कुरा, कसिदाबाट नै गजलको विकाश भएको स्पष्ट छ । कसिदा बादशाहहरूको सम्मान प्रशस्तीमा भनिने काव्य हो । दरबारमा बादशाहको अगाडि भनिने कसिदाको पहिलो पाउ निक्कै लामो र दोस्रो पाउ निक्कै छोटो भएको अवस्थामा के त्यो कविले स्याबासी पाउँथ्यो होला र ? के त्यो काव्यको असर हुन्थ्यो होला र ? त्यही कसिदाबाट गजल जन्मेको हुनाले पनि गजल आजपर्यन्त लयमा नै बाँधिएर आएको छ । संसारमा गजल नै यस्तो एक विधा हो जसका केही तत्त्वहरूलाई परिमाजैन गर्न या भत्काउन सकिँदैन । ती मध्ये लय पनि एक हो, बाँकी तत्त्वहरूको बारेमा कुरा उठन अझै दशक लाग्ने सम्भावना देखिँदै छ ।

हिन्दुस्तानमा गजल भित्रिएपछि सुरुमा यो फारसीमै लेखियो, छन्दमा लेखिने प्रचलन धेरै पछि भएको हो । लस्कर-ए-जुबाँ उर्दुमा हिन्दुस्तानका संस्कृत लगायत धेरै भाषाका शब्दहरू भित्रिएका छन् र भित्रिँदो छ । बहरमा गजल लेख्दा संस्कृतका थुप्रै शब्दहरू संस्कृत ब्याकरण अनुसार नमिल्दा त्यसको अर्थ नै परिवर्तन हुने गर्छ, अर्थ नलाग्न सक्छ । यसपछि शुद्ध हिन्दीमै छन्दमा गजल लेख्ने परम्परा पनि चल्यो, जुन आज पर्यन्त कायमै छ । अरबी लिपि प्रयोग गरेर उर्दु, पस्तो आदि भाषामा गजल लेख्ने राष्ट्रहरू पाकिस्तान, अफगानिस्तानमा बहर खारेज गजललाई गजल मानिन्न भने इरान र अरबका सबै देशहरूमा पनि गजल बहरमै लेखिन्छ र त्यहाँ पनि बहर खारेज गजललाई गजल मानिन्न ।

अब कुरा आयो नेपालको । नेपालमा गजल त सन् १८५९ मा बेगम हजरत महलसँगै (जसको चिहान अझै रत्नपार्कको उत्तरपूर्वमा पुलमुनि छ) भित्री सकेको थियो । नेपालगंज, दाङ्ग, बुटवल, राप्ती नदीका छेउछाउ र काठमाण्डौँमा बेगम हजरत महलसँग आएर बसेकाहरूले गजल नलेखेका होइनन् । तर थोरैले लेखे, फारसीमा लेखियो र बुढापाकाको मुखबाट सुनिने बाहेक त्यसको कुनै प्रमाण भने छैन । यो कुरा जङ्गबहादुरको पालाको हो र यसको धेरैपछि मात्र, देव शम्शेरको पालामा मोतीराम भट्टले बनारसको बसाइमा गजलको बारेमा बुझेर गजल भित्र्याएका हुन् र नेपाली भाषामा गजलको सुरुवात गर्ने व्यक्ति मोतीराम भट्ट नै हुन् । मोतीरामले लखनवी धारको श्रृङ्गारिक गजल भित्र्याए तर दिल्लीको धारका गजल भने भित्रिएनन् । भक्तिधारामा बगिरहेको नेपाली साहित्यले श्रृंगारिक गजलमा हुने बक्रोक्ति त राम्ररी ठम्याउन नसकेको अवस्थामा दिल्ली धारका गहन सुफिवादका लेप लागेका गजल कसरी बुझुन् ! यसैले मोतीरामपछि धेरै काल नेपालमा गजल ओझेलमा पर्‍यो ।

जतिबेला गजलको बारेमा विस्तृत अध्ययन गर्न न त यथेष्ट पुस्तकहरू थिए, न त पुस्तकालयमा गजल सम्बन्धी राम्रा पुस्तकहरू नै थिए, त्यतिबेलाको त्यो अवस्थामा ज्ञानुवाकरले आफ्नो सुझबुझ र ज्ञानले ठम्याएर गजल लेखे, गजललाई नेपाली माझमा निक्कै चाखलाग्दो विधा पनि बनाए ।

ज्ञानुवाकर नै ती प्रथम व्यक्ति हुन् जसले नेपाली गजललाई व्युँताए । यसैले उनी स्तुत्य छन्, बन्दनीय छन्, यसमा शङ्का छैन । जतिबेला गजलको बारेमा विस्तृत अध्ययन गर्न न त यथेष्ट पुस्तकहरू थिए, न त पुस्तकालयमा गजल सम्बन्धी राम्रा पुस्तकहरू नै थिए, त्यतिबेलाको त्यो अवस्थामा ज्ञानुवाकरले आफ्नो सुझबुझ र ज्ञानले ठम्याएर गजल लेखे, गजललाई नेपाली माझमा निक्कै चाखलाग्दो विधा पनि बनाए । यसको लागि उनी प्रातःस्मरणीय व्यक्ति हुन्, शङ्का छैन । 

समय बदलियो, नेपालीहरूको पहुँच इन्टरनेटमा हुनथालेदेखि गजल फेरि हाइलाइटमा आउन थाल्यो । गजलका बारेमा चर्चा परिचर्चा हुन थाले, वाचन हुन थाल्यो गजलका बारेमा बुझ्नेहरूको जमात बढदै गयो । गजलमै बिद्यावारिधी गर्नेहरू पनि निस्किए । सनैसनै छन्दका ज्ञाताहरुले गजल छन्दमा लेख्न थाले भने बहरका ज्ञाताले बहरमा । हामी नेपाली अल्छि छौँ, हामीलाई असाध्यै सुविधा चाहिन्छ । हामी परिश्रम र साधना गर्नबाट पन्छिन्छौँ । यसैको असर नेपाली गजलमा पनि पर्‍यो । थुप्रै सर्जकहरू गजलको बारेमा राम्ररी अध्ययन नै नगरी गजल लेख्न थाले । रदिफ काफिया र केही गजलका प्राविधिक शब्दहरूको ज्ञान नै यथेष्ट हो भन्ने ठानेर तुकबन्दी मिलाएर गजल भन्न थाले । यस्तैमा गजल राम्ररी जान्नेहरूले गजलको बारेमा लेख्न बोलन थाले । लयको कुरा छोडौँ, गजलको शास्त्रिय ब्याकरण समेत नअपनाइएका थुप्रै अगजलहरू गहन अध्ययन पश्चात् देखियो । 

समस्या यहीँ आयो । अग्रज या स्थापितहरूले आफ्ना ती रचनाहरूलाई गजल होइन रहेछन् भन्ने कुरा स्विकार्न वहाँहरूको "नाक" बाधक बन्यो, आफूले पाउँदै आएको उपाधि र सम्मान खुस्किने डरले वहाँहरू भयभित हुनुभयो । यही डरले वहाँहरूले आफ्ना रचनाहरूलाई नै मानक बनाउन स्कुलिंग गर्न थाल्नु भयो र अहिले गजलमा एक पटक फेरि बहस चल्दैछ ।        

समाधान के ? 

अहिले चलिरहेको विवादको समाधान भनेको बहर, छन्दमा लेखिएको बाहेक स्वतन्त्र लय र मिटरमा लेखिएका गजललाई मान्यता दिँदाँ हुन्छ कि ? भन्ने मलाई लाग्दछ । यो मेरो निजी मान्यता मात्र हो, किन भने म गजलको शास्त्रिय विधान भत्काउन सक्दिन र त्यसको सामर्थ्य पनि छैन । मैले यसो भन्नाको कारण के हो भने, हामीले बहर या छन्दमा अहिलेका र आउँदा पुस्तालाई तयार गरेर गजल लेख्न सक्षम नबनाएसम्म गजलको विकासको लागि यो आवश्यक छ भन्ने मलाई लाग्दछ । नेपालकै झ्याउरे आदि अनेकन छन्द या लयमा पनि गजल लेख्न सकिन्छ । एउटा कुरा हामीले के बिर्सनु हुन्न भने छन्द या बहर पनि लयकै गणितिय सूत्र मात्र हुन, यी कुनै लय नै भने होइनन्, यसबाट लय निकाल्न भने सकिन्छ, जसरी मेरा आदरणीय गुरुवर पोष्टराज चापागाईँले "छन्द शिखर" मा विभिन्न १०१ छन्दहरुको निर्माण गर्नु भएको छ । 

नेपालकै झ्याउरे आदि अनेकन छन्द या लयमा पनि गजल लेख्न सकिन्छ । एउटा कुरा हामीले के बिर्सनु हुन्न भने छन्द या बहर पनि लयकै गणितिय सूत्र मात्र हुन, यी कुनै लय नै भने होइनन्, यसबाट लय निकाल्न भने सकिन्छ ।

गजल छन्द या बहरको औपचारिक ज्ञान नभएकाले पनि पढदा लय उत्पन्न गरेर कहन्छन्, आफ्नै तरन्नुममा ढालेर पनि कहन्छन् या बिना लय तहफुल लफ्जमा पनि कहिन्छ भने गजलमा लय आवश्यक छैन भन्ने हठ गर्नुले न त नेपाली गजलको उत्थान गर्छ, न त नेपाली साहित्यलाई नै गरिष्ठ बनाउँछ । उल्टो, आउने पुस्ताहरूलाई समेत भ्रमित पारिदिन्छ । 

र अन्त्यमा, आफूले बुझिबुझि पनि, अबुझ जस्तो भएर मरेपछि जे सुकै होस् भनेर सत्यलाई नस्विकार्ने हो भने ठूलै आपत् त केही हुँदैन, तर बन्ने इतिहासले भने बारम्बार कालो अक्षरमा भावी पुस्तालाई स्मरण भने दिलाई नै रहन्छ, जसरी जर्मन र यहुदीहरू हिटलरलाई सम्झन्छन् ।  

सम्बन्धित समाचार

रानीपोखरीको बालगोपालेश्वर मन्दिरको शैली पुनर्विचार गर्न निर्देशन

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वरको मन्दिरको गुम्बज शैलीमा पुनर्निविचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छन् ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र

बिपीको विचारले मात्र काँग्रेसलाई एक बनाउँछः महामन्त्री डा.कोइराला

नवलपरासी। नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने दाबी गरेका छ्न् ।  विजयादशमी, दिपावली र छड पर्व २०७५ को अवसरमा आज पूर्वी नवलपरासीको

विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्यायाधीश मिश्रको आग्रह

काठमाडौँ  /  प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन  ।  संवैधानिक तथा कानून पत्रकार मञ्चले आज बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा उनले भने

अनेरास्ववियु आरआरको मुखपत्र विचारको विमोचन

काठमाडौं । अनेरास्ववियु आरआरको मुखपत्र विचारको विमोचन गरिएको छ  । आइतबार आरआर क्याम्पसको सभाहलमा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको विजयादशमी, शुभदीपावली नेपाल सम्वत् तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा मुखपत्र विचारको


z