काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बैठक बस्ने तय भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
बैठकमा पार्टीको महाधिवेशन र दुई महिना सञ्चालन गर्ने जनअभियानका विषयमा छलफल हुने उनले बताए । नेकपाले कात्तिकदेखि जनअभियान सुरु गर्ने निर्णय गरेको छ ।









